निकले लेखे- ‘तिम्रो श्रीमान् हुनु सम्मानको कुरा’, प्रियंकाले दिइन यस्तो जवाफ



चर्चित बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसनको पहिलो भेट २०१७ को मेटगाला कार्यक्रममा भएको थियो। त्यसको लगभग १ वर्षपछि २०१८ मेमा उनीहरु एक अर्काको प्रेममा थिए। 

उनीहरु सम्बन्धमा रहेको एक वर्ष पुगेको छ । शनिबार यो जोडीले आफ्नो विशेष दिनलाई आफ्नै शैलीले मनाए । सोसल मिडियामार्फत् उनीहरुले एक–अर्काप्रति भावना व्यक्त गरे ।

 निकले हालै आयोजित कान्स फिल्म फेस्टिबलमा खिचेको एक रोमान्टिक तस्बिर सेयर गर्दै लेखे, ‘एक वर्ष अघि आजकै दिन म साथीहरुसँग हलिउड बाउलमा ब्यूटी एन्ड द बिस्ट हेर्न गएको थिएँ । ती साथीमध्ये एक महिला थिइन् जो मेरी सबैभन्दा मिल्ने साथी, विश्वासपात्र र मेरी सुन्दर श्रीमती बनिन् । म अहिलेसम्मको हाम्रो यात्राका लागि निकै आभारी छु । तिमी मेरो मुस्कानको कारण हौ र मलाई उत्कृष्ट बन्न प्रेरित गर्छौ । तिम्रो श्रीमान् हुनु मेरो लागि सम्मानको कुरा हो । आइ लभ यु प्रियंका चोपडा ।’

 

 

निकको पोष्ट पढेपछि प्रियंकाले पनि उत्तर दिएकी छिन् । उनले लेखिन्, ‘मेरो जीवनमा अहिलेसम्म जे भयो, तीमध्ये सबैभन्दा अद्भुत तिम्रो आगमन हो । आई लभ यु बेब ।’

प्रियंका मात्र होइन, उनका प्रशंसकले पनि निकको श्रीमतीलाई सम्मान गर्दै गरेको पोष्टको निकै तारिफ गरे । एकले लेखे, ‘यदि मेरा भावी श्रीमानले मसँग यस्तो कुरा गरेन् भने म उनीसँग सम्बन्धविच्छेद गर्नेछु । ’

प्रतिक्रिया दिनुहोस्