बिग बोस-१३ मा हुनेछ डर, ‘हरर’ थिम लिएर आउँदैछन् सलमान 



एजेन्सी : बलिउड रियालीटी शो बिग बोस सिजन-१३ को तयारीमा मेकर्सहरु लागिपरेका छन् । यस पटक शो को कन्सेप्ट फरक किसिमको हुने भएको छ । अभिनेता सलमान खानले यसपटक 'हरर' थिम लिएर आउन लागेको खबर बाहिरिएको छ । 

सिजन १३ मा सहभागिता जनाउनेहरुको नाम, लोकेशन सबैको तयारी तिव्र रुपमा भइरहेको छ । सिजन-१३ को होस्ट पनि सलमानले नै गर्ने निश्चित नै छ ।

मिडिया रिपोर्ट्सका अनुसार, बिग बोस १३ को थिमलाई लिएर मेकर्सहरुबीच सल्लाह भइरहेको छ । कुरा मिल्यो भने थिम हरर नै हुनसक्ने सम्भावना धेरै रहेको छ । अहिलेसम्म थिम के राख्ने भनेर फाइनल भइसकेको भने छैन् ।

यस शो को लागि 'हरर' थिम भने युनिक नै हुनेछ अहिलेसम्म अन्य रियालिटी शो हरुमा पनि यस्तो कन्सेप्ट आएको पाइएकाे छैन् । सिजन १२ को थिम भने विचित्र जोडी रहेको थियो ।

अन्य रियालिटी शो भन्दा बिग बोसलाई नेपालमा समेत अत्यन्त रोचकका साथ हेर्ने गरिएको छ । अब नेपालमा समेत यो शो संचालनमा आउने तयारीमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्