चलचित्र ‘न यता न उता’ प्रदर्शनमा आउने



काठमाडौं : चलचित्र ‘न यता न उता’ प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्र आगामी साउन १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । 

गतवर्षको माघ २५ बाट प्रदर्शनको तयारी गरिएको चलचित्र ‘न यता न उता’ को रिलिज प्राविधिक कारणले पोस्टपोण्ड गरिएको थियो ।

चलचित्रको प्रदर्शन मिति पक्का गरेसँगै निर्माण टिमले ‘न यता न उता’ बोलको शीर्ष गीत पनि सार्वजनिक गरेको छ ।

सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् । 

चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई देखाइएको छ । सार्वजनिक गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।

छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको अभिनय रहेको चलचित्रलाई विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेका हुन् ।

‘न यता न उता’ को कथा तथा पटकथा मिराज रोशले तयार पारेका हुन् । सम्वाद अभिमन्यु निरबीले लेखेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । रोन अशोक कुमारको छायाँकन तथा विपिन मल्लको सम्पादनमा चलचित्र तयार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्