अभिनेत्री मानन्धरद्वारा नयाँ शक्ति पार्टी परित्याग



अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेकी छिन् । करिश्माले सोमबार मात्रै आफु उक्त पार्टीमा नरहने घोषणा गरेकी हुन् ।

डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा शुरु गरेकी करिश्माले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी हुन् । मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेपनि लिखित रुपमा राजीनामा दिन बाँकी रहेको करिश्माले बताएकी छन् । 

आफ्ना केही व्यक्तिगत महत्वपुर्ण कामहरु गर्नु पर्ने भएकोले पार्टी छाडेको उनको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस्