नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक जारी, भीम रावल पनि सहभागी



काठमाडौं । एमालेको माधवकुमार नेपाल समूहका स्थायी कमिटीका सदस्यहरुको बैठक सुरु भएको छ । शंखमुलस्थित एक क्याफेमा सुरु बैठकमा माधवकुमार नेपालसहित उनका समूहका नेताहरु सहभागी भएको घनश्याम भुसालले जानकारी दिए ।

आजको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुरा गर्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा कुरा भइरहेको उनले बताए । भुसालका अनुसार आजको बैठकमा यसअघिको बैठकमा सहभागी नभएका नेता भीम रावल पनि सहभागी भएका छन ।यसअघिको बैठकमा रावल नआएपछि वरिष्ठ नेता नेपाल रावललाई भेट्न उनकै निवास टोखा पुगेका थिए।

सांसद पदबाट राजीनामा दिएका रावलले नेपालसँगको छलफलपछि सभामुखलाई भेटेर राजीनामा पत्र फिर्ता लिएका थिए । आजको बैठकमा विघटन भएको कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावमा छलफल हुने र आगामी रणनीति तय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्