अफगानी सेनालाई सहयोग जारी राख्ने अमेरिकी सेनाको घोषणा



एजेन्सी । अमेरिकाले तालिवानीविरुद्धको कारवाहीका लागि अफगानी सेनालाई सहयोग जारी राख्ने जनाएको छ। अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानीहरुले सशस्त्र गतिविधि तीव्र पारेपछि अमेरिकी सेनाले तालिवानीविरुद्ध हवाइ आक्रमण जारी राख्ने जनाएको हो।

तर यो हवाई हमला अमेरिकी सेना फिर्ता भएपछि सकिन्छ वा जारी रहन्छ भन्नेमा केही खुलाईएको छैन। अफ्गानिस्तनका महत्वपूर्ण वैदेशिक सिमा नाका एवं सामरिक केन्द्रहरु तालिवानको नियन्त्रणमा जान थालेपछि अमेरिकाले हवाई हमला जारी राख्ने जनाएको हो।

प्रतिक्रिया दिनुहोस्