नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन हुँदैनः रघुवीर महासेठ



काठमाडौं– नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् ।

रिपोर्टस क्लव नेपालमा सोमवार नेता महासेठले अहिलेको नयाँ कुरो भनेकै नेकपा एमाले विभाजन नहुने बताएका हुन् । नेपाली जनता, नेकपा एमालेका समर्थक, शुभेच्छुक, भोटर्स र कार्यकर्ताहरुले नेताहरुलाई चौतर्फी पार्टी जोगाउन दबाव दिइरहेको बताउँदै नेता महासेठले यसलाई आत्मसाथ गरेर शीर्ष नेताहरु छलफलमा जुटिरहेको बताए । उनले अहिलेको सरकार फरक– फरक विचारधारा बोकेर आएको गठबन्धन भएकोले लामो समयसम्म टिकिरहन नसक्ने बताए ।

नेता महासेठले भने , “नेकपा एमाले विभाजित हुन गइरहेको छैन, यो नयाँ कुरा हो, किनभने नेपाली जनता, नेकपा एमालेका समर्थक, शुभेच्छुक, भोटर्स र कार्यकर्ताहरु कसैको पनि पार्टी विभाजन भएर जाओस् भन्ने छैन, चौतफी शीर्ष नेताहरुलाई पार्टी एकता जोगाउन दबाव आइरहेको छ, यसलाई आत्मसाथ गरेर नेताहरु छलफलमा हुनुहुन्छ, अहिलेको सरकार एकै विचारधारा बोकेर आएको गठबन्धन होइन, कोही माक्सवाद, लेनिनवाद र बिपीजीको विचारबाट ग्रसित भएका साथीहरु हुनुहुन्छ, त्यसैले पनि लामो समय टिक्दैन ।”

नेता महासेठले सर्वोच्च अदालतको फैसलामा नेकपा एमाले र आफ्नो व्यक्तिगत कुनै कमेन्ट नरहेको बताए । उनले आफूले सर्वोच्चको निर्णयलाई आत्मसाथ गरेको तर नेपाली जनताले हरेक शब्द–शब्दमा न्यायाधीहरुले प्रयोग गर्नुभएको भाषा र निणर्य आफैँले लेख्नुभएको हो वा अरु ठाउँबाट लेखेर ल्याइएको हो भन्ने प्रश्न उठाइरहेको समेत बताउनुभएको छ । नेता महासेठले प्रमुख प्रतिपक्षमा रहँदा सरकारले गल्ती गरे पहिला सम्झाउने र नमाने सदनदेखि जनताको बीचसम्म पुग्ने बताए ।

नेता महासेठले भने, “नेकपा एमाले र व्यक्तिगत रुपमा मेरो पनि, सर्वोच्च अदालतको निर्णयप्रति कुनै कमेन्ट छैन, हामीले आत्मसाथ गरिसकेका छौँ, तर नेपाली जनताले सर्वोच्च अदालतका माननीय न्यायाधीशहरुले प्रत्येक वाक्वाक्मा बोलेको राजनीतिक भाषा र निर्णय उहाँहरुकै हो कि, अरु ठाउँबाट लेखेर ल्याइयो ? यो प्रश्न नेपाली जनताको बीचमा छ, त्यसैले सरकारलाई हामी पहिला सम्झाउँछाँै, नमाने हामी सदनदेखि जनताकोबीचसम्म पुग्छाँै ।”

पार्टी एकताको लागि अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल आन्तरिक छलफलमा रहेको नेता महासेठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्