राज कुन्द्रा धरौटीमा रिहा भएनन्



एजेन्सी– अभिनेत्री शिल्पा सेट्टीकी पति एवं व्यवसायी राज कुन्द्राको धरौटीमा छाड्नुपर्ने मागलाई अस्वीकार गरेको छ।

मंगलबार उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउँदै उनको धरौटीमा छाड्नुपर्ने मागलाई बुधबार निर्णय दिने जनाइएको थियो।

मुम्बई पुलिसको क्राइम ब्रान्चले कुन्द्रालाई पोर्न फिल्म बनाएको अभियोगमा गत १९ जुलाईमा पक्राउ गरेको थियो। गत फेब्रुअरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो।

कुन्द्राका वकिलहरुले उच्च न्यायालयमा प्रहरीले कानुनी प्रक्रिया पालना नगरेको र पक्राउ गर्नुअघि कुनै नोटिस नगरेको दाबी गरेका थिए। तर सरकारी वकिलहरुले यसलाई अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्