महाकालीको तुइन नकाटेका भारतीय एसएसवीको दाबी



दार्चुला । हिजोदेखि बेपत्ता दार्चुलाका एक युवाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा बेपत्ता युवाको खोजी भइरहेको छ। हिजो सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन ।

महाकाली नदी तर्ने क्रममा ४ जना तुइन पार गरेको र अन्न्तिममा तर्दा एकजना बेपता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी मनोहर भट्टले जानकारी दिए । स्थानीयले एसएसबीले तुइन काट्दा बेपत्ता भएको बताए पनि कोही पनि आधिकारिक रुपमा उजुरी गर्न प्रहरी सम्पर्कमा नआएको डीएसपी भट्टले बताए ।

उनका अनुसार एसएसबीले तुइन नकाटेको दाबी गरेको छ । घटनास्थलमा प्रहरी पुगेको र बेपत्ताको खोजी कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्