तुइन खुस्काईदिने भारतीय एसएसबिको नेकपा माओवादी केन्द्रले गरे कारबाहीको माग



काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले केही दिन अघि महाकाली नदिमा भारतिय एसएसबि नेपाली नागरिक तर्दातर्दैका तुइन खुस्काइदिएका कारण एकजना बेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीउपर कारबाही गर्न र भारत सरकारसँग गम्भिर आपत्तिसहित आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउन माग गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले उक्त माग गरेको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने “‘समाचारमा आए अनुसार, सूचना प्राप्त भए अनुसार भारतीय एसएसबिको तुइन खुस्काईदिने गतिविधिको कारणले नै नेपाली नागरिकले महाकाली नदीमा खस्ने र बेपत्ता हुने स्थिति उत्पन्न भएको छ । त्यसका बारेमा तत्काल छानविन गरी सम्बन्धित व्यक्तिहरुलाई कारबाही गर्न र त्यसनिम्ति भारत सरकारसँग गम्भिर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाउन पनि माग गर्ने निर्णय गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्