टोकियो ओलम्पिक : आज विभिन्न ९ खेलका २२ स्वर्णका लागि भिडन्त



एजेन्सी : टोकियो ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्सकमा सबैभन्दा धेरै पाँच स्वर्ण पदकको छिनोफानो हुँदैछ ।

पदक तालिकामा अहिलेसम्म २४ स्वर्ण पदक जित्दै चीन नै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको अमेरिकाले २० वटा स्वर्ण पदक जितेको छ । १७ वटा स्वर्ण पदक जितेको आयोजक जापान तेस्रो स्थानमा छ भने चौथो स्थानको अष्ट्रेलियाले अहिलेसम्म १४ स्वर्ण पदक जितेको छ ।

१२ स्वर्णसहित रुसी ओलम्पिक कमिटि पाँचौ स्थानमा रहँदा छैटौं स्थानको बेलायतले हालसम्म १० वटा स्वर्ण पदक जितेको छ । टोकियो ओलम्पिकमा अहिलेसम्म ५३ देशले स्वर्ण पदक जित्दा ७६ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्