एन्फा प्रवक्ता किरण राईद्वारा राजीनामा



काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् । उनले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा दिएका हुन् ।

नेतृत्व तहसँग मनमुटाव भएपछि राजीनामा दिने उनी पछिल्ला पदाधिकारी हुन् । अहिले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विषयलाई लिएर एन्फामा चर्को विवाद छ ।

प्रशिक्षक अल्मुताइरीले एन्फा उपाध्यक्ष पंकज नेम्वाङले काम गर्न अवरोध गरेको भन्दै राजीनमा दिने घोषणा गरेका थिए, तर औपचारिक रूपमा पद भने छाडेनन् । यसै प्रकरणमा अल्मुताइरीलाई कारबाही नगरेकोमा राई असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस्