दोस्रो टी-ट्वान्टीमा बंगलादेशद्वारा अष्ट्रेलिया पराजित



एजेन्सी । घरेलु टिम बंगलादेशले दोस्रो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ । बुधबार ढाकामा भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो । यस जितसँगै बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको थियो । अष्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बंगलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा आफिफ होसेनले अविजित रहदै ३७ रन बनाए । नुरुल होसेन २२ रनमा अविजित रहे । यस्तै शकिब अल हसनले २६ रन जोड्दा मेहदी हसनले २३ रन बनाए ।

अष्ट्रेलियाका मिचेल मार्श, जोस हाजलउड, एस्टन अगर,एडम जाम्पा र एन्ड्रयु टायले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन बनाए । यस्तै मोइसेस हेन्रिक्सले ३० रन जोड्दा मिचेल स्टार्कले अविजित १३ रन बनाए ।अष्ट्रेलियालाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा शोरिफुल इस्लामले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्