ट्रेन्डिङ नम्बर एकमा प्रकाश सपुतको ‘गलबन्दी’



काठमाडौं : प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो म्युजिक भिडियो युट्युबमा ट्रेन्डिङ एकमा पुगेको छ। गीत सार्वजनिक भएको ६ दिनपछि उक्त गीत ट्रेन्डिङ नम्बर एकमा आएको हो। शनिवार दिउँसोसम्म गीतलाई ४८ लाखभन्दा बढी पटक हेरिएको छ।

यसअघि पनि प्रकाश सपुतको गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको थियो । यो गीत बोलमायाकै प्रिक्वेल हो। गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ। स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ।

प्रतिक्रिया दिनुहोस्