रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै



काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताको बैठक बस्दै छ । बैठक दिउँसो १२ बजेपछि बस्ने तयारी छ, तर स्थान भने तय भइनसकेको बताइएको छ ।

बैठकमा क्रियाशील सदस्यता तथा यसअघि स्थगित भएको तल्लो तहको अधिवेशनको विषयमा समेत छलफल हुने जनाइएको छ । बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा समेत छलफल हुने जनाइएको छ ।

आजको बैठकले आफ्नो पक्षबाट सरकारमा सहभागिता तथा व्यक्तिसमेत टुंगो लगाउने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्