फिल्म ‘सडक–२’ को सुटिङमा आलिया नर्भस



अभिनेत्री आलिया भट्टले बलिउडमा निकै हिट फिल्म दिएकी छिन्। हाल उनी पिता महेश भट्टकाको निर्देशनमा  बन्न लागेको फिल्म  ‘सडक–२ ’ को सुटिङमा व्यस्त छिन्। तर आफ्ना पिता साथ फिल्ममा सुटिङ गर्दा पटकपटक नर्भस भएकी छिन्। फिल्म ‘सडक–२’ को सुटिङको क्रममा पनि उनी नर्भस भएको बताएकी छिन्। 

आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै मेसेज लेखेकी छिन् कि उनी पिता साथ काम गर्दै जादाँ नर्भस भएकी छिन्। सुटिङको पहिलो दिनको पहिलो दृश्य देखाइएको तस्बिर अपलोड गर्दै उनले लेखेकी छिन्, ‘यो क्ल्याप समात्ने मेरा पिता हुन् र अब मेरा डाइरेक्टर पनि।’

फिल्मको आगामी दिनको सुटिङबारे उनलाई कस्तो अनुभूति भइरहेको छ भन्ने प्रश्नमा आलियाले भनिन्, ‘साँच्चै भनु भने म धेरै नै नर्भस छु।’ आलिया भन्छिन्, ‘मलाई सानो मुसाजस्तो महसुस भइरहेको छ, जो राम्रो ठूलो पहाडमा पर चढ्न कोसिस गर्दैछ।’

आलिया अगाडि भन्छिन्, ‘मलाई आशा छ, म शिखरमा पुग्नेछु। यदि लडे भने पनि उभिन सकुँ। शिखर चढ्नु गाह्रो काम हो। तर मैले जे देखेको छु, सुनेको छु, त्यसले मेरा हरेक हर कदम व्यर्थ जाने छैन।’ फिल्म ‘सडक–२’ मा आलिया भट्टका साथ आदित्य राय कपुर, सञ्जय दत्त तथा पूजा भट्ट मुख्य भूमिकामा छन्। 

 

प्रतिक्रिया दिनुहोस्