शाहिदपत्नी मीरा यस्तो अवस्थामा भेटिएपछि बनिन् भाइरल



शाहिद कपुरकी पत्नी मीरा राजपुत स्टाइलको मामलामा कुनै बलिउड नायिकाभन्दा कम छैनन्। तर उनी हालै मुम्बई एयरपोर्टमा हातमा जुत्ता बोकेर हिँडेको अवस्थामा फेला परेकी छन्। कसैले उनको यो तस्बिर सामाजिक सञ्जालमा राखिदिएका छन्। उक्त्त तस्बिर एकदमै भाइरल भइरहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहबाट फर्कदै गर्दा मीराको यो तस्बिर खिचिएको थियो। मीरा खाली खुट्टा एअरर्पोटमा हिँडिरहेकी थिइन्। सपथ समारोह र यात्राको कारण उनी थकित थिइन्, हाई हिलको कारण उनले जुत्ता हातमा लिएकाे अनुमान गर्न सकिन्थयाे

मीराको फोटो भाइरल भएपछि केहीले उनले यो नाटक गरेको भनेर कमेन्ट गरेका छन्। केहीलाई उनले यसरी हिँडेको मन मनपरेको छैन। एक सामाजिक सञ्जाल प्रयोगकर्ता कमेन्ट गर्दै लेख्छन्, ‘यति लामो यात्रा गर्दा मीराले सामान्य चप्पल साथमा राख्नुपर्छ भन्ने पनि थाहा नहुने उनी कति मूर्ख हुन्। 

आम जनता पनि थाकेका हुन्छन् तर कसैले यसरी आजसम्म हिँडेका छन त ? लाजमर्दो नाटक। अर्का प्रयोगकर्ता लेख्छन्- ‘ सेलिब्रेटीले जे गर्छन् त्यो फेसन हुन्छ ? जुत्ता हातमा बोक्दा पनि ? 

 

सर्वसाधारण जनता जब थाकेका हुन्छन् तब पनि यही र्गछन् सबै जना हास्छन तर एक स्टारको पत्निले यसो गर्दा चै सर्वमान्य । उ त्यहाँ गएको किन ?

 

अर्का प्रयोगकर्ता लेख्छन् ‘ उसले जे गरीन् आफ्नो मर्जिले गरीन् ? हर केटी यही गर्छन् । कृपया गरी एक फोटोको यति धेरै तमासा नबनाइयोस । 

प्रतिक्रिया दिनुहोस्