जान्ह्वी कपूरको छोटो लुगाप्रति कट्रिनाको आपत्ति, सोनमले दिइन् यस्तो जवाफ 



एजेन्सी : नेहा धुपियाको च्याट शो बिएफएफ विद वोगमा बलिउड नायिका कट्रिना कैफले जिममा जान्ह्वी कपुरको निकै छोटो लुगा (शट्स) देखेर चिन्ता लाग्ने गरेको बताइकि छिन् ।

उनी त्यहाँ सेलिब्रेटी गेस्टको रुपमा पुगेकी थिइन । जहाँ कट्रिनाले जान्ह्वी कपुरका बारेमा बोलेकी थिइन । 

नेहाले त्यस्ता सेलिब्रिटीको नाम सोधिन् जसले जिम र वर्कआउट लुकको मामलामा हद पार गर्छन् ।

कट्रिनाले जवाफमा भनिन्, ‘अरु खासै छैनन् तर मलाई जिममा जान्ह्वीको निकै छोटो शट्स देखेर निकै चिन्ता लाग्छ । उनी मेरै जिममा आउँछिन् । त्यसकारण हामी धेरैजसो सँगै वर्कआउट गर्छौं । कहिले काँही मलाई उनीबारे चिन्ता लाग्छ ।’

यसैबीच सोनम कपूरले इंस्टाग्राममा जान्ह्वीको तस्वीर सेयर गरेर लेखिन, 'उनी रेगुलर कपडा लगाउँछिन् र शानदार पनि देखिन्छिन् ।' सनम कपूरले यसमा कट्रिनाको नाम त मेन्सन गरेकी छैनन् तर उनले  कट्रिनालाई नै जवाफ दिएको भनेर बुझ्न सकिन्छ । 

 

प्रतिक्रिया दिनुहोस्