कगंना, उनकी बहिनी र वकिलविरुद्ध उजुरी



कंगना रनौत र आदित्य पंचोलीबीच लामो समयदेखिको विवाद अन्त्य हुने छाँटकाँट देखिएकाे छैन। आदित्यले एक पटक फेरि कगंना, उनको बहिनी रंगोली चंदेल र उनको वकिलविरुद्ध वर्सोवाको पुलिस स्टेसनमा उजुरी दर्ता गरेका छन्। पंचोलीले पुलिसलाई पहिलाको उजुरीमा केही वास्ता नगरेको आरोप लगाएका  छन्। यसकारण उनले दोस्रो पटक मे ३० मा कंगनाविरुद्ध गुनासाे दर्ता गरेका हुन्। 

मे १२ मा पंचोलीले कगंना, रगोंली र वकिलविरुद्ध रेप केसमा फसाउने धम्की दिएको भन्दै पुलिसकहाँ पुगेका थिए। वकिलको उक्त्त धम्कीको भिडियो बनाएर पंचोलीले पुलिसलाई बुझाएका थिए। तर पुलिस अहिलेसम्म यस विषयमा चुप रहेको भन्दै उनले गुनासो पोखेका छन्। 

पछिल्लो समय कंगनाले पनि १३ वर्ष पहिले आदित्यले उनलाई कुटपिट गरेको भन्दैे मुम्बईको बर्सोवा प्रहरीचौकीमा ई–मेलको माध्यमबाट पंचोलीविरुद्ध उजुरी दर्ता गरेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्