पर्वतारोही पेम्बा दोर्जेले सगरमाथामा फहराए ‘स्वेता श्री फाउन्डेसन’ को झण्डा 



माझी बस्ती निर्माणको अन्तिम चरणमा छ 'स्वेता श्री फाउन्डेसन'। यस फाउन्डेसनकी खाँबो नायिका स्वेता खड्का यतीबेला घाँटीको अपरेसन पछी आराम गरिरहेकी छिन् ।

तन, मन, धन लगाएर उनको एकल प्रयासबाट सुरु भएको बस्ती निर्माणको काममा विभिन्न संघ संस्था लगायत सरकारले पनि सहयोग गरेका छन् । 

यसैबिच उनको कामको सम्मान एवंम् प्रोत्साहन गर्दै पर्वतारोही पेम्बा दोर्जे शेर्पाले नायिका श्वेता खड्का र स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको तस्वीर अंकित टिसर्ट लगाएर विश्वकै अग्लो टाकुरा सगरमाथामा श्वेताश्रीको झन्डा फहराएका छन् । 

Image may contain: 1 person, standing and outdoor

श्वेताश्रीको झन्डा विश्वकै अग्लो टाकुरामा फहराएकोमा शेर्पाप्रति नायिका खड्काले आभार व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्–‘माझी बस्तीको अभियानबाट प्रभावित भएर आरोही पेम्बा दोर्जे शेर्पाले संस्थाको नामलाई सगरमाथाको चुचुरोमा पुर्याइदिनुभएछ । साथै मेरो जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र मेरो तस्वीर अंकित टिसर्ट लगाएर हामीप्रति दर्शाउनुभएको आत्मियता, सद्भाव र प्रेमप्रति हामी आभारी छौ ।’ 

आरोही पेम्बाले फाउन्डेसनको झन्डा फहराउनु पछाडिको कारण सुनाउँदै भनेका छन्, ‘एउटी महिलाले पुरा बस्ती नै बनाउने जसरी हिम्मत जुटाइन्, त्यसप्रति हामीले गर्व गर्नुपर्छ । साथसाथै यो किसिमको कामलाई हामीले हौसला दिनुपर्छ’ उनले अगाडि भने–‘किनभने सामाजिक काम गर्नु सगरमाथा चढ्नुभन्दा बढी कठिन काम हो ।’ 

प्रतिक्रिया दिनुहोस्