अष्ट्रेलियामा खुलेकी वर्षा, भइन ट्रोलको शिकार 



काठमाण्डौं : चलचित्र ‘जात्रै जात्रा’ले नेपाली बक्स अफिसमा आक्रमक व्यापार गरेसँगै अष्ट्रेलियामासमेत चलचित्रले नयाँ रेकर्ड राखिरहेको छ ।

यही क्रममा शुक्रबार बेलुकी अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको प्रदर्शनमा चलचित्रका मुख्य नायक विपिन कार्की, नायिका वर्षा राउत, निर्देशक प्रदिप भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया उपस्थित थिए ।

यसैविच, अष्ट्रेलियामा चलचित्रको विशेष प्रदर्शनमा पुगेकी नायिका वर्षा राउतको पहिरन अहिले सर्वत्र चर्चा कमाएको छ । उनले सिड्नीमा आयोजित उक्त कार्यक्रममा छातीको आधा भाग देखिने कालो र सेतो रंगको लामो खुलेको गाउन लगाएकी थिइन्। तर उनको पहिरनलाई उनको फ्यानले त्यति रुचाएनन्।

अहिले वर्षाको यही पहिरन मिडियाको लागि हट टपिक बनेको छ। फिल्म जात्रै जात्राले देशविदेशमा चर्चा पाइरहँदा वर्षा राउतको खुलेको पहिरनले पनि चर्चा बटुलेको छ। साथै वर्षा आफ्नै पहिरनको कारण ट्रोलको शिकारसमेत भएकी छिन्। सामाजिक सञ्जालमा विवाहपश्चात खुलेकी वर्षा भन्दै उनका थुप्रै ट्रोलहरु बनिरहेका छन्।

 आफ्नो पहिरनलाई लिएर आलोचना र ट्रोलहरु बनिरहदा पनि वर्षाले भने कुनै प्रतिक्रिया दिएकी छैनन्। 

प्रतिक्रिया दिनुहोस्