रिमासँग रोमान्स गर्दै भुवन केसी



काठमाडौं : अभिनेता भुवन केसी र अभिनेत्री रिमा विश्वकर्मा नयाँ चलचित्रमा  जोडीको रुपमा देखिँदैछन् । देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ । सोमबार कमदानीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको चलचित्रको आजैबाट छायाँकन सुरु गरिएकाे छ ।

देवनारायण भुषालले निर्देशन गर्न लागेको यस चलचित्र नवलपरासीमा छायाँकन हुने भएकाे छ । भुवन केसी र रीमा विश्वकर्माको जोडीको रुपमा देखिने चलचित्रमा भुवनको दोहोरो भूमिका रहनेछ । चलचित्रमा उनी खलनायक र नायकको भूमिका दुबैमा देखिने छन् ।

फिल्ममा भुवनको र रिमाको अलवा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, राजेन्द्र  गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहने फिल्ममा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्