डेब्यु अगाडि ९० केजी थिइन् सोनाक्षी



बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आइतबारबाट ३२ वर्षकी भएकी छन्। २ जुन १९८७ मा मुम्बईमा जन्मिएकी उनले कहिल्यै अभिनेत्री बन्ने सोचेकी थिइनन्। सन् २०१० मा उनले बलिउड सुपरस्टार सलमान खानको अपोजिटमा फिल्म ‘दबंग’बाट बलिउडमा डेब्यू गरिन्। यो फिल्मका लागि उनले ३० केजी तौल कम गरेकी थिइन्। डेब्यु अगाडि उनी ९० केजी थिइन्। उनी बलिउड अभिनेता शत्रुघन सिन्हाकी छोरी हुन्। 

Related image

 

सोनाक्षीले आफ्नो करिअरको सुरुवात कस्ट्युम डिजाइनरको रुपमा गरेकी थिइन् । एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म सलमानप्रति सधैं कृतज्ञ छु कि, उहाँले मलाई वजन कम गर्नका लागि मोटिभेट गर्नुभयो । सलमानले भनेपछि मैले आफूलाई ध्यान दिन र वजन कम गर्न सुरु गरेको थिएँ ।’ उनी आफूलाई ३० केजी तौल घटाउन कम गाह्रो नभएको बताउँछिन् ।

Related image

सोनाक्षी भन्छिन्, ‘म जिमलाई घृणा गर्ने मध्येको एक हुँ । मलाई जिमदेखि एलर्जी थियो । तर, जब म एकपटक कुनै चीजमा आफ्नो ध्यान लगाउँछु तब त्यसलाई हासिल गरेरै छाड्छु । मैले वजन घटाएरै छाड्ने आफूसँग बाचा गरेको थिएँ, जुन पूरा गरेँ ।’ उनले वजन कम गर्नका लागि शाहिद कपूरको पर्सनल ट्रेनरलाई हायर गरेकी थिइन् । 

 Image result for सोनाक्षी

‘दबंग’का अलावा सोनाक्षीले राउडी राठोर, सन अफ सरदार, दबंग-२, लुटेरा, बुलेट राजा, आर-राजकुमार, होलिडे : अ सोल्जर इज नेवर अफ ड्यूटी, एक्शन ज्याक्सन, तेवर र ह्याप्पी फिर भाग जाएगी लगायतका दुई दर्जन बढी फिल्ममा काम गरिसकेकी छन् । उनी चाँडै ‘दबंग’ को तेस्रो पार्टमा सलमानको अपोजिटमा देखिँदैछिन् । भने, फिल्म ‘मिशन मंगल’ मा पनि काम गर्दैछिन् । 

Image result for sonakshi sinha hot pic

Related image

प्रतिक्रिया दिनुहोस्