‘क्रिस्टियानाेभन्दा राेनाल्डाे उत्कृष्ट’



एजेन्सी : रियल म्याड्रिडका पूर्वस्टार लुइस फिगोले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई उत्कृष्ट गोलकर्ता भएकाे बताएका छन् । तर उनले रियलकै पूर्वस्टार ब्राजिलियन रोनाल्डो जति क्रिस्टियानाे हुन बाँकी रहेकाे पनि बताएका छन् । फिगोको बुझाइलाई अाधार मान्ने हाे भने यी ३३ वर्षे क्रस्टियानाे पूर्वब्राजिलियन स्टार बन्न धेरै बाँकी छ ।

 

रियलका पूर्व स्टार क्रिस्टियानोले देश र क्लबका लागि गरि ६ सय ६५ गोल गरिसकेका छन् । फुटबलमा उनले कीर्तिमान बनाइसकेका छन् र आउने दिनमा अझै थप कीर्तिमान बनाउने सम्भावना छ । रोनाल्डोले आफ्नो खेल जीवनमा ३ सय ५३ गोल गरे । जसमा ब्राजिलका लागि ६२ गोल गर्ने क्रममा दुई पटक विश्वकप पनि जितेका छन् ।

 

दुवै खेलाडीको उच्च प्रशंसा गरेका फिगोले क्रिस्टियानो ब्राजिलियन रोनाल्डोभन्दा धेरै पछि नरहेको बताएका छन् । फिगोले दुवै सुपर स्टार खेलाडी भएकाे बताएका छन् । 

 

‘क्रिस्टिायोनाले हेडमार्फत बढी गोल गरेका छन् । तर दुवै प्रभावशाली खेलाडी हुन्,’ फिगोले भने, ‘क्रिस्टियानो अहिले पनि खेल्दै छन् । मलाई आशा छ उनी सर्वाधिक गोल गर्ने खेलाडीमध्ये एक हुनेछन् । दुवै खेलाडी यस्ता हुन् जसले गोल गर्छन् नै । दुवै पहिला गोल गर्न प्रयास गर्छन् अनि मात्र आराम गर्छन् । ‘क्रिस्टियानो यही सिजन रियलबाट युभेन्ट्स पुगेका थिए । उनले सिरिएका १० खेलमा ७ गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्