बुधबार नै नेपालमा ‘भारत’ रिलिज गर्न दिन अदालतको आदेश



काठमाडौं : चलचित्र विकास बोर्डले कुनै पनि भाषाको चलचित्र शुक्रबार मात्र रिलिज हुनुपर्छ भन्ने अडान राखेको थियो । 

बोर्डका अध्यक्ष केशव भट्राइले इन्डियामा बुधबारदेखि नै रिलिज हुन लागेको चलचित्र 'भारत' लाई पनि शुक्रबारमात्र नेपालमा रिलिज हुन दिने अडान राखेका थिए । नेपाली चलचित्रको हित विपरित कुनै पनि काम गर्नु हुँदैन भन्ने अडान अध्यक्ष भट्राइको थियो ।  

    

तर, 'भारत’लाई नेपालमा वितरण गर्न लागेको ब्यांकटस इन्टरटेन्मेन्टले चलचित्र विकास बोर्डको निर्णय विरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको थियो । 

सोमबार दायर गरिएको मुद्दामा सोमबार नै फैसला सुनाउँदै जिल्ला अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न चलचित्र विकास बोर्डलाई सचेत तुल्याएपछि अब बुधबार नै नेपालमा ‘भारत’ रिलिज हुनेछ । 

प्रतिक्रिया दिनुहोस्