६१ वर्षीय भुवनले रिमासँग रोमान्स गर्दै



काठमाडाैंः नायक भुवन केसीले ठूलो पर्दामा कमब्याक गर्ने भएका छन्। उनले ‘मिस्टर नेपाली’ फिल्मबाट कमब्याक गर्न लागेका हुन्। उनका साथमा नायिका रिमा विश्वकर्मा रहनेछिन्।

आइतबार छायांकन सुरु भइसकेको फिल्ममा भुवन दोहोरो भूमिकामा देखिँदै छन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ। फिल्ममा ६१ वर्षीय भुवनले रिमासँग रोमान्स गर्ने बताइएको छ। तर भुवनको कुन चरित्रले रोमान्स गर्ने खुलाइएको छ।

प्रतिक्रिया दिनुहोस्