यस्तो बन्यो ऋतिक रोशनको ‘सुपर ३०’ को ट्रेलर 



काठमाडौं : बलिउडमा राम्रो स्थान बनाएका ऋतिक रोशनको बहुप्रतीक्षित फिल्म ‘सुपर ३०’ को ट्रेलर सार्वजनिक भएको छ। उनको यो फिल्म बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित छ, जसमा आनन्दको भूमिका ऋतिकले निभाएका छन्।

विकास बहलद्वारा निर्देशित फिल्म १२ जुलाईमा रिलिज हुँदैछ। चलचित्रमा मृणाल ठाकुर, अमित साध र नन्दिशा सन्धुको पनि अभिनय छ। 

‘सुपर ३०’ मा आनन्द कुमारको कडा परिश्रमदेखि उनी सफल हुँदासम्मको संघर्ष देखाइएको छ। गएको वर्ष शिक्षक दिवसको अवसरमा यस फिल्मको पहिलो पोस्टर सार्वजनिक भएको थियो। 

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्