‘सोच’ फिल्मको पोस्टर सार्वजनिक



काठमाडौं : ‘सोच’ फिल्मको पोस्टर सार्वजनिक भएको छ। पोस्टर तीन डिजाइनको सार्वजनिक गरिएको छ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र नायिका नीता ढुंगाना मुख्य भूमिकामा प्रस्तुत भएका छन्।

भदौ २० गतेदेखि प्रदर्शन हुने फिल्म पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बन्दैछ। गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्ममा प्रज्वल, नीता, पुजनका साथमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायतका कलाकारले अभिनय गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्