शाहरुख खानले भने, ‘मेरा हरेक सपना करण र आदित्यले पूरा गरे’



बलिउड अभिनेता शाहरुख खानले फिल्म निर्माता करण जोहर र आदित्य चोपडाले हरेक सपना पूरा गरेको बताएका छन् । उनले सोमबार एउटा फोटो कोलाज ट्वीटरमा सेयर गरेका छन् जसमा उनको एकातर्फ करण छन् भने अर्कोतर्फ आदित्य देखिएका छन् ।

फोटोसँगै उनले दुबैप्रति कृतज्ञता प्रदान गर्दै क्याप्सन पनि लेखेका छन् । उनले लेखेका छन्, ‘सपना देख्नु राम्रो कुरा हो । तर त्यसले यदि दिशा पाएन भने त्यसको कुनै अर्थ हुँदैन ।’ 

करन–आदित्यले मेरो हरेक सपना पूरा गरेः शाहरुख

५३ वर्षका शाहरुख थप्छन्, ‘यी दुई (करन र आदित्य) ले मेरा हरेक सपना पूरा गरे । म यो यसकारण भनिरहेको छु किनभने तपाईंहरुलाई थाहा हुनुपर्छ कि सपनाभन्दा त्यसलाई पूरा गर्ने व्यक्ति महत्वपूर्ण हुन्छन् ।’

Image result for shahrukh khan best pic

शाहरुखले करन जोहरसँग कुछ–कुछ होता हे, कभि खुसी कभी गम र माय नेम इज खानजस्ता फिल्ममा काम गरेका छन् भने आदित्य चोपडासँग दिलवाले दुल्हनिया ले जाएंगे, जब तक हे जान, विर जारा र रब ने बना दि जोडीजस्ता फिल्ममा देखिएका छन् । शाहरुखलाई रोमान्टिक हिरोको रुपमा पहिचान दिलाउने श्रेय दुई फिल्म निर्मातालाई जान्छ ।

Related image

प्रतिक्रिया दिनुहोस्