गायिका लता मंगेशकरलाई कोरोना पुष्टि, अस्पताल भर्ना



काठमाडौँ : भारतीय वरिष्ठ गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि मंगेशकारलाई अस्पताल भर्ना गरिएको छ ।

उनलाई ब्रीच क्यान्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनलाई संक्रमणको हल्का लक्षण देखिए पनि सावधानीका लागि आइसीयूमा भर्ना गरिएको बताइएको छ ।

आइसीयूमा राखिएकी गायिका मंगेशकरको उपचारमा चिकित्सक प्रतीत सामदानी र उनको टोली खटिएको छ । ९२ वर्षीया मंगेशकरलाई नोभेम्बर २०१९ मा निमोनिया भएको थियो । त्यतिबेला उनलाई सास फेर्न पनि गाह्रो भएपछि २८ दिनसम्म अस्पतालमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्