प्रदेश १ मा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै



विराटनगर : प्रदेश १ सरकराले प्रदेशसभा बैठकमा आज (बुधबार) आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । बैठक दिउँसो ३ बजे बस्दैछ

बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले बताएका छन् । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशको प्रथम आवधिक योजना २०७६–२०८१ को अवधारणापत्रका आधारमा तयार पारिएको जनाएको छ ।  

नीति तथा कार्यक्रमअघि प्रदेश सरकारले प्रथम आवधिक योजनाको आधारपत्रलाई स्वीकृत गरेको छ । प्रदेश सरकारले आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माणलाई विशेष  प्राथमिकता दिने तयारी गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्