दाह्री बा अभिनित चलचित्र झट्का’ को ट्रेलर सार्वजनिक 



काठमाडौं : सुरवीर पण्डित उर्फ (दाह्री बा) अभिनित चलचित्र ‘झट्का’ को  ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा दाह्री बालाई निकै फरक भूमिकामा देख्न सकिन्छ । पण्डितले टेलिसिरियलदेखि ठूलो पर्दाका चलचित्रमा काम गरेर दर्शकको मन जित्न सफल भइसकेका छन् । 

रमेश बिसुङ्खेले निर्देशन गरेको चलचित्र 'झट्का’ मा सुरविर पण्डितकासाथमा श्यामलाल श्रेष्ठ, मनिता श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, उमेश बिसुङ्खे, लगायतका कलाकाररुको अभिनय रहेको छ ।

रात्रीकालिन जीवनको कथा बोकेको यस चलचित्रमा दाह्री बाको उपस्थितिले दर्शक माझ कौतहलता बढाएको छ । चलचित्र जेठ ३१ गतेबाट प्रदर्शनमा आउँदैछ । 

प्रतिक्रिया दिनुहोस्