रुवायाे सलमान खानको ‘भारत’ले



बलिउडका अभिनेता सलमान खानको फिल्म भारत रिलिज भइसकेको छ । फिल्मको स्पेशल स्क्रिनिङ मंगलबार मुम्बईमा आयोजना गरियो । फिल्मको स्क्रिनिङमा सुनिल शेट्टी, अनिल कपुर, तब्बू, बबी देओल, सनी लियोनी, संजय लिला भंसाली, महेश मान्जरेकर, ज्याकी श्रोफ र कृति सेननजस्ता कलाकारको उपस्थिती रह्यो ।

फिल्म हेरेपछि सेलिब्रिटीमात्र नभई यसको प्रि–रिलिज शो हेरेपछि मानिसहरुले पनि सोसल मिडियामा यसको तारिफ गरेका छन् । सोसल मिडियामा फिल्म हेरिसकेका मानिसहरुले यसको निकै प्रशंसा गरेका छन् । यसले सकारात्मक प्रतिक्रिया पाएको छ ।

फिल्म बक्स अफिसमा ब्लकबस्टर हुनसक्ने अनुमान गरिएको छ । एक प्रयोगकर्ताले लेखे, ‘फिल्मले राम्रो कमाई गर्नेछ । फर्स्ट हाफ दमदार छ । क्लाइमेक्स उत्कृष्ट छ । फिल्ममा यसपटक सलमानले एक्सनको साटो इमोशनलाई बढी प्राथमिकता दिएका छन् ।’

Image result for salman khan

 

प्रतिक्रिया दिनुहोस्