बालकवि आभाष कर्णकाे मैथिली कविता ‘हे वाण’ मा सबै भावविह्वल



जनकपुरधाम: एक बालकवि जसले मञ्च वरिपरिका सबै उपस्थितलार्इ भावविह्वल बनाए । कुरा जनकपुरधामको हाे । शनिबार राम चाेकस्थित गणेश युवा कमिटिको सभाहलमा बालकवि आभाष कर्णले मैथिली कविता 'हे वाण'  बाटै शनिबार सबैलार्इ प्रभावित बनाए ।

 

गोष्ठीमा उपस्थित दुर्इ दर्जन कवि र साहित्यकारहरु भाव विह्वल भएको दृश्यले उपस्थित दर्शकहरुको मन जीत्न सफल भएको थियो । मैथिली साहित्य समाजको ५७ औं मासिक कवि गोश्ठीमा बाकवि कर्णले देशमा भइरहेको बलात्कारको घटनालाई प्रतिबिम्बित गर्दै कविता वाचन गरे । समाजको वर्तमान अवस्था र बालिकाको पिडालाई कर्णले आफ्नो शब्दमा रचना गरि सुनाएका थिए ।

 

कक्षा १० मा अध्ययनरत बालकवि आभाषको कविता हे वाण शब्द र मात्रालाई वाचनले झन् संमृद्ध बनाएको थियो । कवि गोष्ठिमा वरिष्ठ गीतकार दिगम्बर झा दिनमणिले स स्वर वाचन गरेका मैथिली गीति कविता "अपने मे हम लड़ई छि, दुश्मन जुड़ाई या…ले मधेशको राजनीतिक दलमाथि ब्यङ्ग्य प्रहार गरेका थिए ।

 

त्यस्तै अर्का कवि दिनमणिको कविताको भाव थियो हामी आफैंमा झगडा गर्दा, विपक्षीहरु खुसी भएको भाव कविताको माध्यमबाट व्यक्त गरेका थिए । व्यक्तिको मनोविज्ञानलाई केन्द्रित गरि कवि/कलाकार विजय दत्त मणिले 'भय' शीर्षकका कविताले उपस्थित कवि र दर्शकलाई छक्क पारेका थिए । यत्रतत्र सर्वत्र भएको आभाषलाई शब्द र वाचनले व्याख्या गरे ।

 

जीवनदेखि मृत्युसम्मको भय तथा डरलाई उनले कविता मार्फत व्याख्या गरेका थिए । समाजको चरित्रलाई चित्रण गर्दै कवि कशिकान्त झाले सबैको मन प्रशन्न गरे । प्रत्येक महिनाको  तेस्रो शनिबार हुने मासिक कवि गोष्ठिमा कविवर इन्जीनियर विनोद चन्द्र झाले देशको समसामयिक घटनालाई समेटेर आफ्नो कवि वाचन गरे, नेताले जनतालाई कसरी ठगेको, मधेश र मधेशीमाथि कसरी नेताहरुको आफ्नो कुरा लादेको त्यसबारे कविताको माध्यमले ब्यङ्ग्य गरेका थिए।

 

झाको कविताको शिर्षक नै "पुरा देश अखन तवाह लगैय" समग्र देश नै अहिले तवाह जस्तै लागेको विषयलाई शब्द र भावले प्रमाणित गर्दै वाहवाही लुटेका थिए । कवयित्री विन्दु ठाकुरको लोक गीति कविताले मैथिली संस्कार र विवाहलाई चित्रण गरेको थियो ।

 

कवि गोष्ठीमा कवयित्री गायत्री झा, किरण झा रश्मि, वरिष्ठ साहित्यकार रेवतीरमण लाल, अयोध्यानाथ चौधरी, मनोज प्रेमेष लगायत दुइ दर्जन कवि र सहित्यकारहरुले आ-आफ्नो कविता वाचन गरेका थिए । पूर्व उपमेयर किसोरी साह र राम युवा कमिटिका पूर्व अध्यक्ष प्रमोद साहको विशेष उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्