सपिङ मलमा २५ जना मात्र जान पाउने, १५ माघसम्म कलेज \ट्यूसन सेन्टर बन्द



काठमाडौँ : काठमाडौँ उपत्यका लगाएत देशैभरी कोरोना भाईरस संक्रमित बढ्न थालेपछि सरकारले महामारी नियन्त्रणका लागि फेरि कडाइ गरेको छ । सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ भने मास्क अनिवार्य गरिएको छ ।

साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।

यस्तै सरकारले माघ १५ गतेसम्म कलेज, विश्वविद्यालय तथा ट्यूसन सेन्टर पनि बन्द गर्ने निर्णय गरेको छ । यसअघि सरकारले विद्यालयमात्रै बन्द गर्ने आदेश दिएको थियो । अर्कोतर्फ सरकारले माघ १५ सम्म रात्रीकालिन व्यवसाय, फिल्म हल तथा जिम पनि बन्द गर्ने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्