प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवा कोरोना संक्रमित



काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको आज पुष्टि भएको छ ।

‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, उनले भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्