कहाँबाट कसले दियाे आनीलाई स्राेत नखुलेकाे धन ?



काठमाडाैं : आनी तथा गायिका छोइङ डोल्मामाथि स्रोत नखुलेको रकम जम्मा गरेको आरोप लागेको छ। करिब १५ लाख अमेरिकी डलर उनको नाममा जम्मा हुन आएको स्रोतले बताएको छ। 

उक्त रकम यतिबेला मेगा बैंकमा छ। हङकङबाट पठाइएको भनिएको उक्त डलरबारे अनुसन्धान भइरहेको छ। पैसा कसको नामबाट आएको र किन आएकोबारे पत्ता लाग्न सकेको छैन। एकै पटक यति ठूलो रकम आएपछि त्यसलाई शंकास्पद भन्दै मेगा बैंकले राष्ट्र बैंकमा रहेको ‘वित्तीय जानकारी इकाइ’लाई खबर गरेको स्रोतले बतायो। 

उक्त रकमबारे थप अनुसन्धानका लागि सम्पति शुद्धीकरण विभागले हेर्ने र विभागले पैसाबारे अनुसन्धान गर्ने गर्छ। यसैबीच सम्पत्ति शुद्धीकरण विभागका कार्यवहाक सूचना अधिकारी सुशीलप्रसाद आचार्यले अनुसन्धानका घटना गोप्य रुपमा हुने र यसबारे बताउन नमिल्ने द नेपाल टपलाई जानकारी दिए। उनले भने, ‘डीजीसापले अनुसन्धान अधिकृत तोक्नुहुन्छ, त्यसैको आधारमा अनुसन्धान हुन्छ, यदि हो रहेछ भने यो कुरा बाहिर आउला।’ 

आनीले आफूले पाउने १५ करोड रुपैयाँ बैंकमा फ्रिज भएपछि फ्रिज हुने देखेपछि प्रधानमन्त्रीको तुइन विस्थापन कार्यक्रमलाई पैसा दिने बताएकी स्रोतले बतायो। उनले त्यो रकम ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमलाई दिएकी खुलेको छ। 

उनले एक कराेड रुपैयाँ प्रधानमन्त्रीलाई दिएर फ्रिज भएको बाँकी रकम निकाल्ने दाउ गरेकी हुन सक्ने स्रोतले बताएको छ। उनले उक्त प्रयास गोप्य तरिकाले पनि गरेकी तर सफल हुन नसकेकाे हुन सक्ने बैंकका एक कर्मचारीले द नेपाल टपलाई बताए।  

प्रतिक्रिया दिनुहोस्