इरानी समकक्षीलाई भेट्दै रुसी राष्ट्रपति पुटिन



काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज (बुधबार) इरानी समकक्षी इब्राहिम राइसीलाई भेट्ने कार्यक्रम तय भएको छ। दुई समकक्षीबीच मस्कोमा भेट हुने समाचारहरुमा उल्लेख छ।

इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जनाएको छ। यसअघि नेताहरूबीच ‘द्विपक्षीय सहयोगका मुद्दाहरूको’ बारे छलफल भएको थियो।

आजको भेटमा तेहरानलाई लगाइएको आणविक कार्यक्रममाथिको प्रतिबन्धको विषयमा थप छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्