दुई जना हुण्डी कारोबारी पक्राउ



पर्सा : जिल्ला प्रहरी कार्यालय पर्साले दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिकाको पहाडी टोलका २२ वर्षीय रोशन साह र भारत बिहारको मोतिहार ग्राम पञ्चायतका २२ वर्षीय सौरभ कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

हुण्डीको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्जको रजतजयन्ती चोकबाट उनीहरुलाई बुधबार पक्राउ गरेका हा े। उनीहरुको साथबाट स्रोत नखुलेको २ लाख ९९ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल बरामद भएको छ । यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्