राप्रपा अध्यक्ष लिङ्देनको सुझाव : राजनीतिलाई व्यापार नबनाऔँ



काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई व्यापार बनाउन नहुने बताएका छन् । झापाको सुरुंगामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने भन्दै यसलाई पेशा व्यापार बनाउन नहुने बताएका हुन् ।

केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढंगले प्रयोग गरेको आरोप लगाउँदै उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सिन्डिकेट अन्त्य गर्न जोड दिएका छन् । कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पुर्‍याउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्