भिसा च्यातिएपछि मन्त्रीको भ्रमण नै रद्द



काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको  वेलायत भ्रमण रद्द भएको छ । बेलायतले नेपालीका लागि भिसा भारतस्थित दूतावासबाट दिने गरेको छ । 

भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिसा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्द भएको छ । 

नोभेम्बर ५ देखि ७ सम्म लन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा  नेपालका तर्फबाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीलाई भीएफएस ग्लोबल नेपालले च्यातिएको भिसासहितको राहदानी दिएपछि उनको भ्रमण रद्द भएको हो । 

भिसा लागेको राहदानी लापरबाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य ध्रुव पोखरेलले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्