पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन



काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि विद्यार्थीहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्। विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले महामारीका बीच मूल्यवृद्धि गरिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु क्याम्पस परिसरबाट सडकमा निस्किएका थिए । उनीहरुलाई प्रहरीले रोकेको छ। नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । यस्तै हवाइ इन्धनको पनि मूल्य वृद्धि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्