डोटीमा चट्याङ लागेर ६ जना घाइते



डोटी : डोटीमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका हुन् ।

बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए ।

अहिले घटनास्थल तर्फ जाँदै गरेको उपरिक्षक माझीले जानकारी दिए । घटनास्थल सदरमुकाम दिपायलबाट ३ घण्टाको दूरीमा छ । 

अहिलेपनि हावाहुरी र चट्याङसहित पानी परिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्