सवारी साधनमा जोर-बिजोर लागू नगर्न यातायात व्यवसायीको सुझाव



काठमाडौँ : काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको दर उच्च भएपछि यातायातमा जोर-बिरजोर प्रणाली लागू गरिएको छ । तर यातायाव व्यवसायीले भने काठमाडौँ जिल्ला प्रशासनको उक्त निर्णप्रति असहमती जनाएका छन् । जोर-बिजोर प्रणालीले कोरोना नियन्त्रण हुन्छ भन्नु बैज्ञानिक नहुने भन्दै जोर–बिजोर प्रणाली लागू नगर्न सुझाव दिएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र सराेकारवाला निकायसँग काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यातायातमा लगाइएको जोर–बिजोर प्रणालीबारे छलफल गरेको थियो । उक्त छलफलमा व्यवसायीहरुले यातायात कम चल्दा झनै भिडभाड हुने भन्दै जोर–बिजोर प्रणाली हटाउन सुझाव दिएका हुन् ।

यद्यपी उनिहरुले सरकारी निर्णय भने आफुहरुले मान्ने पनि बताएका छन् । महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीको साटो निजी सवारीसाधन रोक्नुपर्ने भन्दै सार्वजनीक यातायातमा जोर–बिजोर प्रणाली प्रभावकारी नहुने बताएका छन् । साथै उनले सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गर्न नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्