‘संवाद र सहमतिबाटै संसद्को विवाद अन्त्य’



काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा देखिएको विवादको अन्त्य संवाद र सहमति बाटै गर्ने बताएका छन् । आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् । नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ ।

यस्तै देउवाले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपको प्रभावकारी रहेको बताएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका छन् । साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्