एमाले बहुदलीय जनवादको खोल ओडेको नवफाँसीवादी तत्व : डा. भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ‘बहुदलीय जनवाद’को खोल ओडेको नवफासीवादी तत्व भएको टिप्पणी गरेका छन् ।
विनाकारण ६ महिनादेखि निरन्तर संसदमा अवरोध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफाँसीवादी तत्व भएको भट्टराईको टिप्पणी छ ।
‘बिनाकारण ६ महिनादेखि संसद अवरुद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफाँसीवादी तत्त्व हुन्‚’ उनले ट्विटरमा लेखेका छन्, ‘नबिर्सौं हिटलरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र ऊ चुनावबाटै आएको थियो ।’
उनले हिटलरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ भएको उल्लेख गर्दै चुनावबाटै आएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्