पृथ्वी राजमार्ग अवरुद्ध, सडक सञ्चालनमा आउन समय लाग्ने



चितवन : पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

मुग्लिन-नौबीसे सडक खण्डमा पर्ने मौवाखोलामा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि राजमार्गको सवारी आवागमन प्रभावित भएको हो ।

 

बिहान करीब ३ः३० बजे खसेको पहिरोले सडक पुरिएपछि दुवैतर्फ सवारी रोकिएको छ भने लामो समयदेखि सवारी रोकिएकाले अहिले राजमार्गमा सवारीको लामो लाइन बनेको  चितवन प्रहरीले जनाएको छ । 

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । ठूलो पहिरो खसेकाले सडक सञ्चालनमा आउन समय लाग्ने प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्