गजेन्द्र नारायण सिंहको २० औं पुन्यतिथिको अवसरमा अन्तरक्रिया गरिदै



काठमाडौँ : स्व. गजेन्द्र नारायण सिंहको २० औं पुन्यतिथिको अवसरमा विभिन्न अन्तरक्रियाको कार्यक्रम गरिने भएको छ । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले मधेस प्रदेश र अन्य जिल्लाहरुमा प्रदेश नामाकरण र गजेन्द्र नारायण सिंह विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।

अध्ययन केन्द्रले नेपालमा रहेका दुई तिहाई आदिवासी जनजाती, मधेशी समुदायको राजनीतिक, आर्थिक ,सामाजिक र साँस्कृतिक हक अधिकार,पहिचान र स्वाभिमानको लागि आजिवन संघर्ष गरेका पहिचानवादी नेता स्व.गजेन्द्र नारायण सिंहको स्मृतिमा प्रत्येक बर्ष अन्तरक्रिया लगायत विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रका केन्द्रिय संयोजक अनिल महासेठले विज्ञप्ति जारी गर्दै सिंहले उनले शुरु गरेको मधेशीहरुको अधिकार प्राप्तिको लडाइ केही हदसम्म सार्थक भएकाले नै आज आंसिक रुपमै भए पनि मधेश प्रदेश पाउन सफल भएको बताएका छन् ।

समतावादी नेता एवं मधेशवादका प्रणेता स्व। सिंहले सवै खाले उत्पीडन र विभेद्का साथै मधेशीको अधिकारको लडाईको शुरुवात गर्दै मधेशी, महिला, जनजाती, मुस्लिम, दलित उपर हुने विभेद विरुद्ध मेची देखी महाकाली सम्म एकता यात्राको शुरुवात गरी मधेशीलाई आफ्नो अधिकारका लागि लडन प्रेरित गरेका थिए ।

विज्ञप्तिमा अगाडी भनिएको छ उहाँको प्रेरणा र विभिन्न समयमा भएका विभेद विरुद्धको संघर्ष, आन्दोलन र महान वीर सहिदहरुको सहादतले मधेशी जनसमुदायको चाहना अनुसार थोरै भएपनि मधेशको मुद्दा स्थापित भएको छ । साथै विज्ञप्ति माफर्त उनको पुण्यतिथिको अवसरमा उनि प्रति भावपुर्ण श्रद्धाञ्जली पनि र्पण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्