मुख गन्हाउने यी हुन् ८ कारण, कसरी पाउने छुटकारा ?



काठमाडाैँ : श्वासको गन्ध अर्थात मुखबाट आउने दुर्गन्ध एक यस्तो समस्या हो जस कारण अधिकांश मानिसहरु तनावमा रहन्छन् । कहिलेकाँही त गन्ध यति धेरै हुन्छ कि कोहीसँग कुरा गर्न पनि मुस्किल हुन्छ । यसका पछाडि केही हाम्रा दैनिक आदत पनि कारक बन्छन् । कसरी यो समस्याबाट मुक्ति पाउने त हेरौं यस्ता छन् उपाय ।

अल्कोहल 

अल्कोहलको प्रयोगले मुखबाट धेरै गन्ध आउँछ । तरल भए पनि रक्सी सेवनपछि मुख सुक्छ र यसका कारण मुखमा ब्याक्टेरिया उत्पन्न हुन थाल्छन् । मेडिकलको भाषामा भन्नुपर्दा यी ब्याक्टेरियाका कारण ह्यालिटोसिस अर्थात मुखमा गन्ध आउन थाल्छ । यसका साथै एकदम स्पाइसी खाना, मसाला धेरै प्रयोग भएका खानेकुरा र चुरोटका कारण पनि मुख सुक्ने गर्दछ । मुख सुक्ने भएका कारण लगातार निदाएको समय र्याल बन्न पाउँदैन । त्यसकारण पनि मुखबाट गन्ध आउन थाल्छ ।

जिब्रो 

हाम्रो जीब्रो रहेका ब्याक्टेरियाका कारण पनि श्वासबाट गन्ध आउँछ । यसका लागि ब्रस गरिसकेपछि पनि आफ्नो जीब्रो निरन्तर सफा राख्नुहोस् । यसका लागि प्लाष्टिकको साटो टंग क्लीनरको प्रयोग गर्नुहोस् । यसो गर्दा जीब्रो सफा रहन्छ र मुखबाट गन्ध पनि आउँदैन ।

ज्वरो,  सर्दी, 

सर्दी, ज्वरो वा ब्रोकाटिस जस्ता स–साना संक्रमणका कारण पनि श्वासबाट गन्ध आउँछ । यस्ता ब्याक्टेरियाले खोकी बढाउँने बलगममा रहेका हुन्छन् । नाक बन्द भएपछि मुखबाट श्वास लिनुपर्दछ । जसकारण मुख सुक्छ र मुखबाट गन्ध आउँछ ।

सुकेको मेवा 

केही सुकेको मेवा त खानका लागि निकै मीठा हुन्छन् । तर यसमा भएका ब्याक्टेरिया पनि सहजै मुखसम्म पुग्दछन् । जस्तै, एकदुई कप किशमिशमा २१ ग्राम चीनी हुन्छ । त्यस्तै सुकेको खुवामा पनि समान मात्रामा चिनी हुन्छ ।

यद्दपी यीनमा प्राकृतिक मिठास हुन्छ । जसले शरीरमा फाइदा दिन्छन् । कैयौं सुकेको मेवा चिपचिप गर्ने खालका हुन्छन्। र दाँतभित्र अड्किन्छन् । जसका कारण श्वासमा गन्ध आउन थाल्छ । सुकेको मेवा खाइसकेपछि अनिवार्य ब्रस गर्नुपर्दछ ।

लो कार्बडाइट  

लो कार्बडाइट  र धेरै प्रोटिन लिने व्यक्तिको मुखबाट प्राय गन्ध आउँछ । यसका कारण यो हो कि डाइटमा फ्याट बन्द गर्ने प्रक्रिया हुन्छ । यसले किटोन नामको यौगिक बनाउँछ ।

किटोनका कारण पनि श्वासमा गन्ध आउँछ । यसका लागि सबैभन्दा सरल उपाय छिनछिनमा चुइँगम चपाउनु हो ।

औषधि 

औषधि एन्टीडिप्रेस्ट र एलर्जीसहित २०० भन्दा अधिक औषधि छन् जो मुखमा र्याल पैदान गर्न बन्द गरिदिन्छन् । र्यालले मुखमा आउने ब्याक्टेरियालाई टाढा राख्दछ ।

यदि कुनै औषधि सेवन गर्नु छ भने तलल पदार्थको मात्रा बढाउनुपर्दछ । पानी धेरै पिउनुहोस् । सुगरलेस चुइँगम चपाउन पनि सकिन्छ । यसले मुखलाई सँधै सफा राख्दछ ।

टन्सिलस्टोन 

टन्सिल स्टोन ब्याक्टेरिया, खानाको स–साना कण, मृत कोशिका र बलगमबाट बन्छ । यो तपाइँको टन्सिल र जीब्रोको पछाडिको भागमा फस्छ ।

कुनै कारण यसले नोक्सान त गर्दैन तर, श्वासको गन्ध भने बढाउँछ । यदि तपाइँलाई यो समस्या छ भने, खाना खाइसकेपछि नुनपानीले कुला गर्नुहोस् ।

पाचन शक्तिमा समस्या 

पाचन शक्तिमा समस्या हुँनाले पनि श्वासमा गन्ध आउँछ । कहिलेकाँही हामीले यस्ता खाना खान्छौं कि सहज तरिकाले पच्न पाउँदैन । यसका कारण छातीमा जलन पनि हुन्छ । पेट फुल्ने र एसिडिटीको समस्या हुन थाल्छ । यसै कारण मुखबाट दुर्गन्ध आउँछ । पचाउन नसक्ने चीज खानबाट बच्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्