८ हजार ४५४ जनामा कोरोना पुष्टि, ४ हजार बढी निको



काठमाडौँ : नेपालमा आज कोरोना सङ्क्रमितको सङ्ख्यामा केही कम देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आज ८ हजार बढीमा कोरोना सक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ३ सय ३९ नमुना परिक्षण गर्दा ८ हजार ४ सय ५४ संक्रमित थपिएका हुन् । यो सँगै देशभर सक्रिय कोरोना सङ्क्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधिमा आज ४ हजार ४ सय ३३ जना संक्रमित निको भएका छन् । आज २५ लाख ६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्